बाँदरको भेषमा युवा संघको बिरोध प्रदर्शन
५ श्रावण २०७८, मंगलवार १९:४०
काठमाडौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बाँदर जुलुस प्रदर्शन गरेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्बिरमा ’गद्दार’ लेखेर उनीहरुले प्रदर्शन गरेका हुन । उनीहरुले बाँदरको जस्तो मुकुण्डो लगाएर नयाँ बानेश्वर प्रर्दशन गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ ।
जुलुश प्रदर्शनमा उत्रिएकाहरुले ‘लाल गद्दार होशियार, माकुने चोर देश छोड, नेकपा एमाले जिन्दावाद, राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद, माकुने तेरो पाराले, दुःख पाए साराले, केपी ओली जिन्दावाद, माकुने गद्दार मुर्दाबाद, विदेशी दलाल होशियार, राष्ट्रघाती मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया