माधव नेपाल र उपेन्द्र यादवसँग छलफलपछि प्रचण्ड पुगे बालुवाटार
५ श्रावण २०७८, मंगलवार ११:४१
काठमाडौं । वर्तमान सरकारले विश्वासको मत पाएसँगै सत्ता समीकरणको निम्ती गठबन्धनका शीर्ष नेताहरुवीच भेटवार्ता बाक्लिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन्।
कोटेश्वरमा आज बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त कुराकानी गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट्न बालुवाटार जानुभएको छ ।
प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि अब मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ। यो साताभित्रै मन्त्रिपरिषद विस्तार गर्नका लागि नेताहरूले सक्रियता बढाएका छन्।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री यसअघि नै नियुक्त गर्नुभएको थियो । मन्त्रिपरिषद २५ सदस्यीय बनाउन मिल्छ। अरू मन्त्रालय प्रधानमन्त्री देउवाले नै राख्नुभएको छ ।
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डवीच मन्त्रालयको भागवण्डामै विशेष छलफल भएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया