सशस्त्र प्रहरीद्धारा यादवलाई यातना
३१ जेष्ठ २०७७, शनिबार १९:०५
देवानगंज । विश्वभरी फैलिएको कोरोना भाईरस(कोभिड १९) का कारणले नेपालको सीमावर्ती क्षेत्रमा समेत तनाव बढेको बेला सशस्त्र प्रहरीको ज्यादती बढेको सुनसरीका किसानले गुनासो गरेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ र ४ को सीमामा स्थानीयहरुलाई कोरोना भाईरस(कोभिड १९)को भन्दा सशस्त्र प्रहरीको दमन र कुटपिटको पिडाले सताएको स्थानीय रामेश्वर मेहताले गुनासो गर्नुभयो ।
कोरोनाको कहर कारणले प्रभावित भन्दा सशस्त्र प्रहरीको नजगाराना असुली धन्दा, किसानलाई मकै उठाउन गरेको अवरोध र अनावश्यक कुटपिट तथा यातना दिने घटनाले त्रासित बनेको देवानगञ्ज गाउँपालिका ३ र ४ कप्तानगञ्जका गाउँलेहरुको गुनासो रहेको छ । सीमा नाकामा रहेका सशस्त्र प्रहरीले लकडाउनको मौकामा नेपाली नागरिकहरुलाई सीमामा आफैले उत्पादन गरेको मकैं भित्रियाउन अवरोध गरेको र उठाउने नाममा प्रति ट्याक्टर एक सय रुपियाँदेखी १५ सय रुपियाँसम्म नजराना उठाउने गरेको देवानगञ्ज गाउँपालिकाका स्थानीयहरुले गुनासो गरेका छन् ।
यसैबीच देवानगञ्ज गाउँपालिका ३ का ३६ वर्षिय अरविन्द कुमार यादवले आफूलाई सशस्त्र प्रहरी जवान कृष्ण भुजेलले कुटेको गुनासो गर्नुभएको छ । खेतमा मकैं उठाउन गएको बेला २०७७ जेठ ३० गते शुक्रबार दिउसो २ : ३० बजेको समयमा नजराना नदिई मकै लान नपाउने भन्दै गालीगजौज गरेर कुटेको यादवले बताउनुभयो । पीडित यादवका अनुसार किसानहरुको बीचमा कुराकानी र मकैं उठाउने बारेमा छलफल चरिरहेको मौकामा सशस्त्र प्रहरीले आफूलाई पागल भन्नेको आरोप लगाउदै कुटपिट गरेको र चार घण्टासम्म सशस्त्र प्रहरीले नियन्त्रणमा राखेको हो ।

यादवले सामान्य किसानदेखी भारतीय नागरिक र तस्कारसंग अबैधरुपमा रकम असुली कार्य अझै नरोएिको विषयमा केही समय अगाडी कुरा उठाएको रिसिवि साध्नका लागि आफू माथि सुन्योजित रुपमा आक्रमण प्रयास र कुटपिट गरेको आरोप लगाउनुभयो ।
सशस्त्र कुटाईबाट यादवको हात र खुट्टामा निलडाम बसेको छ । स्थानीय क्लिनिकमा उपचार गराएको छ भने सुरक्षाको माग र दोषी माथि कार्वाहीको माग गर्दै इलाका प्रहरी कार्यालय देवानगञ्जमा उजुरी गरेका छन् । प्रहरीले निवेदन आएको पुष्टी गरेपनि के के विषय उल्लेख गरिएको भने खुलाईएको छैन् ।
सशस्त्र प्रहरीका प्रहरी निरीक्षक पशुपती पुरीले समेत घट्नाको पुष्टी गर्नुहुदै पीडितले लगाएको आरोप जस्ता नभएको प्रतिकृया दिनुभयो । यादवसंग सामान्य ठेलमठेल भएको तर यातना र कुटपिट नगरेको दावी गर्नुभयो । यादवले भने जस्तो हिरासतमा नराखी सशस्त्रको घेरा भित्र राखेर आफन्तको जिम्मा लगाएको बताउनुभयो ।
उता सीमाको फरक प्रसंगमा बन्दाबन्दीमा समेत देवानगञ्ज नाकाको सीमा क्षेत्रमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न बाहाना बनाएर नेपाली र भारतीयहरुसंग पैसा उठाउने काम नरोक्दा नागरिकहरु समस्यामा परेका छन् । नेपाल भारत सीमामा खेतीपाती गर्ने किसानहरुसंग विभिन्न बाहाना बनाएर सीमा क्षेत्रमा बसेको सशस्त्र प्रहरीले पैसा उठाउने गरेको जनगुनासो बढ्दै गएको छ ।
यस सीमा नाकामा सुरक्षा जाँचकालागि बसेका सशस्त्र प्रहरीले नेपाली र भारतीय मोटरसाईकल तथा साना गाडीबाट गैरकानुनीरुपमा पैसा उठाउने गरेकाछन् । कतिपय नागरिकहरुप्रति दुव्र्यवहार गर्ने र गैरकानुनीरुपमा रकम उठाउने गरेकोले स्थानीयहरुले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन । सीमामा किसानको मकैं बोकेको ट्याक्टर गाडीबाट प्रति गाडी १०० रुपियाँदेखी १५ सय रुपियाँका दरले रकम उठाउने गरेका छन् ।
सुरक्षा जाँचका नाममा बसेको सशस्त्र प्रहरीले गैरकानुनी काम गर्दा समेत सरोकारवाला निकाय मौन बस्दा सुरक्षा प्रतिनै गम्भीर आशंका उत्पन्न भएको स्थानीय रविन्द्र यादवले गुनासो गर्नुभयो ।

लकडाउनको पालना र कार्यान्वयन तथा अबैध सामानहरु नेपाल नभित्रियोस र सीमा नाकामा गलत काम नहोस भन्दै सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले खुल्यामरुपमा रकम उठाउँदा समेत सरोकारवाला निकाय बेखवर बन्नु दुःखद भएको स्थानीय बासिन्दाहरु बताउँछन् । सशस्त्र प्रहरीले ड्युटीमा बसेर रकम उठाउनु र सरोकारवाला निकाय मौन बस्नुले गम्भीर शंका उत्पन्न भएको स्थानीय चुलाही सरदारले बताउनुभयो ।
स्थानीय सन्जय यादवका अनुसार सीमामा सशस्त्र प्रहरीले रकम उठाउन होडबाजी नै चलेको छ । जसले राजस्व छली रोक्ने काम गर्नेहो उही निकाय राजस्व छल्न लाग्ने र राज्यलाई ठग्दै आफु अनुकुल काम हुने गरेको यादवको भनाई छ ।
सशस्त्र प्रहरीको राजस्व अनुसन्धान गस्तीका प्रहरीहरुनै राजस्व छल्ने काममा प्रयोग हुने गरेको स्थानीयले आरोप लगाएका छन् । सशस्त्र प्रहरीका प्रमुखहरुका संरक्षणमा अबैध रकम असुली बढेको स्थानीयको आरोप छ । प्रहरी अधिकृतको संलग्नतामा नागरिकहरुबाट रकम असुल हुने गरेको छ ।
सशस्त्र प्रहरीले इन्ट्री फि भनेर सय रुपियाँ देखी १५ सय रुपियाँ मागेको रन्जय यादवले बताउनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरीले प्रति मोटरसाईल सय रुपियाँका दरले असुली गरिरहेको छ । पैसा नदिए प्रहरीले गाडी चालकको लाइसेन्स माग्ने र अनेक बाहाना गरेर दुःख दिने गरेको उहाँले बताउनुभयो ।
केही दिन अघि भारत र केही नेपाली तस्कारलाई लाईन दिने गरेको र सर्वसधारणलाई यातना, कुटपिट र झर्को मान्ने गरेको थियो ।
अहिले लकडाउनमा अनावश्यक दुःख दिने गरेकाले स्थानीयहरु त्रसित बनेको कप्तानगञ्जका भुनेश्वर यादवले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया