पाेखरीमा डुबेर एक बालककाे मृत्युु
४ श्रावण २०७८, सोमबार १६:३६
सप्तरी । सप्तरीको महादेवा गाउँपालिका वडा न. -४ बलिया टाेलमा पाेखरीमा डुबेर एक बालककाे मृत्युु भएको छ । स्थानीय मोहम्मद मुस्ताकका ८ बर्षिय छोरा मोहम्मद इजरायलकाे पाेखरीमा डुबेर मृत्युु भएको हाे ।
सोमबार दिउँसो आमा संगै घर नजिकैको लक्ष्मी नारायण मंठ पोखरीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएकाे स्थानीय मो.लुकमानले जानकारी दिए ।
यता साे घटनाको सम्बन्धमा थप अावश्यक अनुसन्धान कार्य भइरहेको तथा मृतक बालककाे शव पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया