देउवालाई पाकिस्तानी प्रधानमन्त्रीको बधाई – Nagarikabhiyan : National News

देउवालाई पाकिस्तानी प्रधानमन्त्रीको बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएको दोस्रो दिन देउवालाई पाकिस्तानी समकक्षी खानले बधाई दिएका हुन् । पाकिस्तानी प्रधानमन्त्रीले ट्वीट गर्दै आफूले नेपालसँगको सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताएका छन् ।

उनले चासोका विषयहरुमा नेपालसँग निकट रुपमा मिलेर काम थर्न चाहेको समेत उल्लेख गरेका छन् । आइतवार मात्रै प्रधानमन्त्री देउवाले विश्वासको मत पाएका थिए । सोही दिन भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएका थिए ।