करेन्ट लागेर सुनसरीमा दुई जनाको मृत्यु – Nagarikabhiyan : National News

करेन्ट लागेर सुनसरीमा दुई जनाको मृत्यु

सुनसरी । सुनसरीमा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको इटहरी उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा करेन्ट लागेर २ जनाको ज्यान गएको हो । बराहक्षेत्र २ का २९ बर्षीय कृष्ण घिमिरेको शनिवार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर वरीपरी हात्ती रोक्नका लागी लगाईएको फलामको तारमा छुँदा अचानक करेन्ट लागेर घाईते भएका थिए । घाइते घिमिरेको उपचारको क्रममा वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, ईटहरी १७ का मनोज खत्रीको पनि करेन्ट लागेर मृत्यु भएको छ । शनिवार साँझ ६ बजे घर नजिकै रहेको माछा पोखरीमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर खत्री घाइते भएका थिए । उहाँलाई उपचारको लागी बिराट टिचिङ हस्पिटल बिराटनगर लगिएको थियो । उपचारको क्रममा नै खत्रीको बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।