नेपाल प्रहरीका डिएसपी देवको निधन
३ श्रावण २०७८, आईतवार १०:४५
काठमाडौँ । नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) रमेश कुमार देवको मृत्यु भएको छ । उनी प्रदेश–१ प्रहरी कार्यालय बिराटनगरमा कार्यरत थिए । डिएसपी देवको आइतबार विहान मृत्यु भएको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले बताए ।
२०६४ मा निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका देव सप्तरीका स्थानीय हुन् । पेटको क्यान्सरबाट पीडित देवको विराटनगरस्थित विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया