स्वास्थ्य सामग्री प्रदान – Nagarikabhiyan : National News

स्वास्थ्य सामग्री प्रदान

राजविराज ।  सप्तरीको तिन वटा स्वास्थ्य संस्थालाई आज शिशु स्यहारकालाई स्वास्थ्य सामग्री बितरण गरिएको छ ।

सेभ द चिल्ड्रेनको एसएनएल प्रोजेकटबाट र सेभ द सप्तरीको सम्बन्वयमा सप्तरीको लोनीयाँ स्वास्थ्य चौकी, सखडा स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्र तोपामा शिशु स्यहारकालाई स्वास्थ्य सामग्री बितरण गरिएको सेभ द सप्तरीका फिल्ड अधिकृत बिदया मण्डलले जानकारी दिनुभयो ।

नवजात शिशु स्याहार कुना स्थापना र अङगालोको माया (कगारो मर्दर केयर )को लागि बेबी ओरमर १ पिस , वालप्लक उथ सेकेन्ड हेन्ड १ पिस , रुम थम्रोमिटर १ पिस , एम्बु ब्याग एनड माक्स २ पिस , पेङगुङ सक्सन २ पिस लगायत ९ प्रकारको स्वास्थ्य सामग्री बितरण गरिएको सेभ द सप्तरीले जनाएको छ ।

उक्त ३ लाख ६० हजार ४ सय ७५ रुपैयाको स्वास्थ्य सामग्री बितरण गरिएको जनाइउको छ । सो स्वास्थ्य सामग्री ३ वटा संस्थालाई सहयोग दिइएको बताइएको छ ।

ति स्वास्थ्य सामग्री वडा प्रतिनिधि, स्वास्थ्य ब्यवस्थापन समिति र पालिका प्रमुखको उपस्थिितमा बितरण गरिएको थियो ।

कार्यक्रममा सेभ द दसप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देव, बिदया मण्डल र मुकेश मण्डल तथा समाजिक परिचालक कासिन्द्र खंग,रुभा मण्डल र बिनिता यादव लगायतका उपस्थित रहेको थियो ।