विकासको कार्य गाउटोलसम्म गरेकाले नागरिक खुसी – Nagarikabhiyan : National News

विकासको कार्य गाउटोलसम्म गरेकाले नागरिक खुसी

इनरुवा  ।  सुनसरीको सदरमुकाम इनरुवा ९ का वडा अध्यक्ष बसिरमुद्धिन मंसुरीले विकासको कार्य गाउटोलसम्म गरेकाले नागरिक खुसी भएका छन् .। बाटो नै नभएको ठाउँमा बाटो निर्माणदेखी हिलामे र धुलामे सडकबाटो स्तोरउन्नती गरेकाले वडा अध्यक्ष मंसुरी प्रति नागरिक खुसी भएका हुन् । मंसुरीले चार वर्षदेखी निर्वाचिन जनप्रतिनिधि भएकाले जनताको काममा लाग्नुभएकोले नागरिक खुसी भएका हुन् । मंसुरीले आर्थिक वर्ष २०७७।०७८ मो साविक बबिया २ महसुद मियाको दोकान देखि उत्तर जाने बाटो कालो पत्रे गर्ने कार्य, साविक बबिया ६ मेन सडक देखि पूर्व चन्देश्वर खत्वेको घर हुँदै शशिया महाराज मन्दिर सम्म कालो पत्रे गर्ने काम पनि गर्नुभएको छ । मंसुरीले लामो समयदेखी हिलामय हुने साबिक बबिया १ देखी ४ नम्बर वडाको यादवल टोलसम्मको बाटोमा कालो पत्रे गर्नुभएको स्थानीयबासी जयकृष्ण यादवले बताउनुभयो । यादवले विकास प्रेमी वडा अध्यक्षका कारणले राम्रो विकास भएको र नागरिकको जिवनस्तरमा पनि सुधार भएको छ । यादवका अनुसार युवा वडा अध्यक्ष भएकाले नागरिकको सामान्य काममा पनि सहयोग गर्ने र मतदाताको निधन भएको. खण्डमा मलामी समेत जाने गर्नुभएकोले थप जनप्रिय बन्दै जानुभएको छ । अर्का स्थानीय सविता खत्वेका अनुसार साविक बबिया ७ सदानन्दको घर देखि दक्षिण पोखरी चौकको बाटो माटो पुरी ग्राभेल, साविक बबिया ४ यादव टोल सहित विभिन्न वडामा पोलबती जडानको काम पनि भएको छ । साविक बबिया सतिया खत्वेको दोकान देखि दक्षिण बबिया ९ सम्म माटो पुरी ग्राभेल गर्ने लगायतका दुई दर्जन योजनाका काम गरेकाले वडा अध्यक्ष मंसुरीको चर्चा गाउँटोलमा हुन थालेको छ । मंसुरीले कुनै पनि जाती र समुदायलाई भेदभाव नगरि सबैलाई सम्मान व्यवहार गर्ने, इम्मान्दारी पूर्वक काम गर्ने, नागरिकमैत्री योजना ल्याउने गर्नुभएकोले नागरिकमा खुसियाली छाएको हो । मंसुरीले पनि आफू इम्मान्दारी पूर्वक काम गरेको र कुनै लोभमा नपरी काम गरेकोले नागरिक खुसी भएको बताउनुभयो । वडा अध्यक्ष मंसुरीले विकासका लागि संघीय सरकार, प्रदेश सरकार र नगरपालिकासम्म पनि पहल गर्नुभएकाले विकासले गती लिएको हो ।