‘मलाई जनताले हटाएका होइनन्’
३० असार २०७८, बुधबार १४:३५
काठमाडौं / निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा अन्तिम पटक राष्ट्रका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्रीका रुपमा बालुवाटार छोड्दै गर्दा उनले निर्माणधिन कामहरुका बारेमा जानकारी गराएका थिए ।
‘जनताको जनादेश म सँग थियो। अदालतको परमादेशका कारण बाहिरिँदै छु’ओलीले भने। उनले अधुरा रहेका कामहरुको बारेमा जानकारी दिँदै त्यसलाई सफलता पुर्वक सम्पन्न हुने कुरामा विश्वास ब्यक्त गरेका छन् ।
अदालतको आदेशले लोकतन्त्रप्रति विश्वास राख्नेलाई चिन्तित बनाएको उनले बताए । उनले अब बन्ने सरकार पनि सलामत ढंगले अगाडी बढ्ने कुरामा शंका ब्यक्त गरेका छन् । अहिले सम्म जसले जे गरे ति सबै परिचित छन्, उनीहरुको भुमिका देशलाई थाहा छ त्यो भनिरहन पर्दैन उनले विपक्षी दल र माधवकुमार नेपाल प्रति संकेत गर्दै भने ।
लोकतन्त्रका लागि आफूले जीवन दिएको बताउँदै ओलीले अदालतको फैसलाप्रति अविश्वास पैदा भयो भने खतरा उत्पन्न हुने चेतावनी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया