८० जनाको र्यापिड टेष्ट पोजिटिभ भएपनि लक्षण नदेखिदा घर पठाइने – Nagarikabhiyan : National News

८० जनाको र्यापिड टेष्ट पोजिटिभ भएपनि लक्षण नदेखिदा घर पठाइने

सुखड । कैलालीको घोडाघोडी नगरपालिकाका विभिन्न वडामा क्वारेन्टाईनमा बसेकाहरुको र्यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) मा ८० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

नगरपालिकाका विभिन्न विद्यालयमा रहेको ६३ ओटा क्वारेन्टाईनमा रहेका २ हजार २ सय ३८ जनामा र्यापिड टेष्ट गर्दा ८० जनाको आरडीटी रिपोर्ट पोजिटिभ आएको हो ।

घोडाघोडी नगरपालिकामा १ सय ५ जनाको स्वाव संकलन गरी पठाईएकोमा १ जनामा कोरोना पुष्टि भएको छ । जुन नगरपालिकाको वडा नं.११ का ३२ वर्षिय पुरुष हुन् ।

त्यस्तै बिहिबार नगरपालिकाका विभिन्न क्वारेन्टाईन बाट ७० जनाको स्वाव संकलन गरी सेति प्रादेशिक अस्पताल पठाईएको स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिए ।

घोडाघोडी नगरपालिकाले आरडिटी रिपोर्ट पोजिटिभ आएर १४ दिन क्वारेन्टाईनमा बस्दा लक्षण नदेखिएका ६९ जना लाई होम क्वारेन्टाईन बस्ने गरी घर पठाएको छ ।

अहिले नगरपालिकाका ६३ ओटा क्वारेन्टाईनमा २ हजार ५ सय २० जना पुरुष र ४ सय ८१ जना महिला गरी ३ हजार १ जनाले आश्रय लिएका छन् ।