१५ लाख अमेरिकी खोप नेपाल आइपुग्यो
२८ असार २०७८, सोमबार १४:२८
काठमाडौं । अमेरिकाले सहयोग गरेको कोरोनाविरुद्ध १५ लाख डोज खोप नेपाल आइपुगेको छ ।
अमेरिकी खोप जोनसन एण्ड जोनसन खोप कतार एयरवेजको जहाजमार्फत सोमबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया