इजरायलबाट २० करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग
२४ असार २०७८, बिहीबार १३:२३
काठमाडौं । इजरायल सरकार र त्यहाँका विभिन्न संघसंस्थाले नेपाललाई २० करोड रुपैयाँ मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । प्राप्त सहयोग स्वास्थ्य सामाग्री नेपाल बायुसेवा निगमको ३३२ वाइडबडी जहाजले विहिबार विहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याई पुर्याएको छ ।
इजरायलको तेल अबिब पुगेर नेपाल एअरलाइन्सले पहिलो पटक कमर्सियल चार्डट गरी सामाग्री ल्याएको निगमका महाप्रवन्धक डीम प्रसाद पौडेलले जानकारी दिनुभयो । १८ टन तौलको स्वास्थ्य सामाग्रीमा ५८ थान भेन्टिलेटर, १२० थान अक्सिजन कन्सनट्रेटर, मोवाइल कोरोना टेस्टिङ ल्याव, पिसिआर टेस्टिङ कीट, औषधी, मास्क, पिपिई सेट, स्यनिटाइजर, थर्मोमिटर लगायत रहेको इजराइल स्थित नेपाली दुतावासले जनाएको छ ।
उक्त सामाग्री इजराइल नेपाल फ्रेण्डसिप एसोसिएसनका अध्यक्ष नादव वेन येहुदाले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । सहयोग गरिएको स्वास्थ्य सामाग्रीले नेपालमा बड्दो कोरोना भाईरस (कोभिड–१९) संक्रमण नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएको येहुदाँले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया