भोक्राहा नरसिंहका किसानलाई मोटर र कृषि औजार
२३ असार २०७८, बुधबार १७:११
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका किसानलाई सिचाई गर्न मोटर पम्पसेट, स्पेयर, त्रिपाल, किटनासक छर्ने डिजिटल मेसिन, दौल गर्ने डिजिटल काटा, जाईम सहितको वितरण गरेको छ । सिंचाई गर्न सहजताका लागि किसानहरुलाई मोटर पम्पसेट सहितको पाँच प्रकारका कृषि औजार वितरण गरेको सामूहिक मकैं ब्लक सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मेहताले जानकारी दिनुभयो । गाउँपालिकाका किसानहरुलाई प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना अन्तरगत मकै ब्लक कार्यक्रम संचालन भएको भोक्राहा नरसिंहका किसानलाई पम्पसेट वितरण गरेको हो । तौल मेसिन तीन थान, त्रिपाल २०० थान, झर्नाषक, जाईम, जिंक सहितका वितरण गरेको हो । किसानलाई एक कार्यक्रमको आयोजना गरि कृषि ज्ञान केन्द्रका प्रमुख नुनुलाल उराँव र गाउँपालिकाका कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले मोटर पम्प सेट र कृषि औजार हस्तान्तरण गर्नुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तगर्त मकै ब्लक परियोजनाको कृषि सामग्री तथा कृषि औजार सहित हस्तान्तरण गर्नुभएको थियो ।
यसअघि पनि भोक्राहा नरसिंह गाउँपालिका ७ नरसिंहका किसानलाई मोटर, स्पेयर, त्रिपाल, जिंक सहितका सामग्री वितरण गरेको थियो । भुमिगत पानी तान्न र सिचाई गर्न १६ थान मोटर पम्पसेट, स्पेयर १०८ थान, त्रिपाल २३६ थान र जिंक ३५५ केजि एकसाथ वितरण गरेको थियो । नरसिंह साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष अन्जु कुमारी मेहताको अध्यक्षतामा गाउँपालिकाका कार्यवाहाक अध्यक्ष पुनमकुमारी मेहताले किसानलाई सामग्री वितरण गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया