विवाद समाधान हुँदैछ, निष्कर्षमा पुगेका छौंः गोकर्ण विष्ट – Nagarikabhiyan : National News

विवाद समाधान हुँदैछ, निष्कर्षमा पुगेका छौंः गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठन गरिएको कार्यदल बैठक सम्पन्न भएपछि प्रतिक्रिया दिदै नेकपा एमाले बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेता गोकर्ण विष्ट छलफल सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ ।

केही दिन भित्रै पार्टी एक हुने भन्दै उहाँले समस्या समाधानका लागि करिब निष्कर्षमा पुगिसकेको बताउनुभयो । बिष्टले भन्नुभयो, ‘कार्यदलको तेस्रो बैठक सकियो। झण्डै(झण्डै निष्कर्षमा पुगेका छौं।’

उहाँले पार्टी एकताबारे छोटो समयकै छलफलबाट कार्यदलले निष्कर्ष निकाल्न लागेको बताउनुभयो। पार्टीलाई एकतावद्ध बनाउन छलफल सकारात्मक रहेको उहाँको भनाइ छ।

उहाँले पार्टीलाई २०७५ जेठ २ कै संरचनाअनुसार अगाडि बढाउनेमा सहमति हुने संकेत गर्नुभयो । ‘पार्टीलाई पूर्ववत अवस्थामा फर्काएर क्रियाशील बनाउने कुरा छ,’ उहाँले भन्नुभयो ।

माओवादीदी केन्द्र छाडेर एमालेमा आएका नेतालाई व्यवस्थापन गर्ने विषयमा पनि सहमति नजिक पुगिएको उहाँले बताउनुभयो । ज्योतिन्यूज बाट