पार्टी भित्रको विवाद समाधानका लागि कार्यदलको बैठक बस्नु अघि नेपाल र रावलबीच छलफल
२३ असार २०७८, बुधबार १३:०७
काठमाडौं । एमाले कार्यदलको बैठक बस्दैछ। पार्टी भित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक बस्न लागेको हो। बैठकले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलको बैठक विहान साढे आठ बजे बस्ने तय भएको थियो।
नेपाल समूका कार्यदल संयोजक भीम रावल वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर गएपछि कार्यदलको बैठक बैठक दश बजेसम्मका लागि सारिएको थियो। रावल फर्किएपछि बैठक सुरु भएको हो।
पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ। नेताहरुका अनुसार सोमबार र मंगलबारको छलफल सकारात्मक भएपनि पनि ठोस सहमति भने हुन सकेको छैन।
एमाले कार्यदलको बैठक बस्दैछ। पार्टी भित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक बस्न लागेको हो। बैठकले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलको बैठक विहान साढे आठ बजे बस्ने तय भएको थियो।
नेपाल समूका कार्यदल संयोजक भीम रावल वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर गएपछि कार्यदलको बैठक बैठक दश बजेसम्मका लागि सारिएको थियो। रावल फर्किएपछि बैठक सुरु भएको हो।
पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ। नेताहरुका अनुसार सोमबार र मंगलबारको छलफल सकारात्मक भएपनि पनि ठोस सहमति भने हुन सकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया