सुनसरीमा क्वारेन्टाईन संख्या २९ पुग्यो – Nagarikabhiyan : National News

सुनसरीमा क्वारेन्टाईन संख्या २९ पुग्यो

इनरुवा । सुनसरीको बिभिन्न स्थानमा क्वारेन्टाईन थप्ने क्रम जारी रहेको छ । भारतबाट नेपालीहरु फर्किने क्रम बढेकाले स्थानीय पालिकाहरुले आ आफ्नो पालिकामा क्वारेन्टाईन थप्ने काम थालेको हो ।

ल्कडाउनको पहिलो हप्ता ७ वटा क्वारेन्टाईन सञ्चालन भएकोमा हाल जिल्लामा २९ वटाको संख्यामा क्वारेन्टाईन भएको छ । यहाँ थप्ने क्रम जारी रहेकोमा इनरुवा नगरपालिका ७ चान्दबेलामा हरी राष्ट्रिय आधारभुत विद्यालयमा नयाँ क्वारेन्टाईन थपेको हो ।

इनरुवामा मात्रै यो सहित तीन वटा क्वारेन्टाईन भएको छ । उता कोशी गाउँपालिकाको लौकही, लाही कुम्याही, हरीपुर सहित तीन स्थानमा, भोक्राहा नरसिंह गाउँपालिकाको जनता मावि , सिम्याक्स र जामिया मदर्शा सहित तीन स्थानमा , देवानगञ्ज गाउँपालिकाको श्री मावि, राजगञ्ज सिनुवारी स्वास्थ्य चौकी भवन र मदर्शा देवानगञ्ज सहित तीन गरि १२ वटा सहित जिल्लामा २९ वटा संख्यामा क्वारेन्टाईन सञ्चालनमा रहेको छ ।

रामधुनीमा एक , बराहक्षेत्रमा चार , धरानमा दुई, इटहरीमा एक , दुहवीमा दुई, गढीमा दुई र वर्जुमा दुई वटा संख्यामा क्वारेन्टाईन र दुई स्थानमा होल्डीगं एरिया सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।