खाटबाट लडेर बालिकाको मृत्यु – Nagarikabhiyan : National News

खाटबाट लडेर बालिकाको मृत्यु

इनरुवा । सुनसरीको कोशी गाँउपालिका–३ स्थितमा खाटबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

बुधबार अपरान्ह ४ बजे आफ्नै घरमा खाटमा बसि टिभी हेरिरहेको अवस्थामा अचानक खाटबाट लडी १६ बर्षीया अन्जिता उरावको मृत्यु भएको हो ।

अचानक खाटबाट लडी बेहोस भएकी उनलाई उपचारको लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको सम्बन्धमा कानुनी कारबाही भईरहेको प्रहरीले जनाएको छ ।