सुनसरीमा थप तीन जनामा कोरोना पुष्टी, कोेरोना संक्रमितको संख्या ४६ पुग्यो – Nagarikabhiyan : National News

सुनसरीमा थप तीन जनामा कोरोना पुष्टी, कोेरोना संक्रमितको संख्या ४६ पुग्यो

इनरुवा । सुनसरीको विभिन्न स्थानमा कोरोना परिक्षणको क्रम बढाएकाले संक्रमितको संख्या समेत बढेको छ । सुनसरीमा पछिल्लो पटक विहीबार मात्रै थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सुनसरी जिल्लाको सीमावर्ती क्षेत्र हरीनगरको विजि हस्पीटल क्वारेनटाइनमा बस्दै आएका २ जना र रामधुनीको कृषि भवन क्वारेनटाइनमा बस्दै आएका १ जना गरी ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो थपिएका ३ जनासँगै सुनसरी जिल्लामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४६ पुगेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । बिहीबार थपिएका सबै जान क्वारेनटाइनमै बसेका पुरुषहरू रहेको बताइएको छ ।