बाढी प्रभावित क्षेत्रमा राहत वितरण
२० असार २०७८, आईतवार २२:०४
इनरूवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित क्षेत्रमा राहत वितरण गरिएको छ ।
अबिरल बर्षाका कारण सुनसरी खोलामा आएको बाढीले भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ४ का १ सय ६ परिवारको घर आगनमा बाढी पस्दा तत्काल गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी सहितका टीमा घर घरमा पुगेर भुजा, च्यूरा, भुजिया, फ्रुटी र मिनिरल पानी शनिबार साँझ वितरण गरिएको थियो भने आइतबार सुनसरी खोलाको बाढी किनारा लाग्दा भोक्राहा नरसिंह वार्ड नं. ५ र ७ मा करिब २ सय घरमा पुगेर राहत वितरण गरिएको बताइन् ।
त्यस्तै भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का वडाध्यक्ष रामचन्द्र यादवले समेत वार्ड नं.७ मा केही प्रभावित परिवारको घर घर गएर आइतबार भुजा , च्युरा र चाउँचाउँ वितरण गरिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया