भोक्राहामा महिला केन्द्र नेपाल (CDwn) को जुम मिटिङ्ग।
२० असार २०७८, आईतवार १३:२९
इनरुवा । सुनसरीको भोक्राहा नर्सिङह गाउँपालिकाका सरोकारवालाहरु लगायतका व्याक्तिहरुको उपस्थितिमा दलित महिला केन्द्र नेपालको जुम मिटिङ्ग कार्यक्रम सम्पन्न भएको छ । मिटिङ्गमा निर्वाचित वडा सदस्यहरुको क्षमता वृद्धि , विकास तथा सम्बन्धित ठाउमा आफ्ना माग , अधिकारहरु राख्नुका साथै महिलाहरु लाई अगाडि बढाउने कार्यक्रमको मुख्य उदेश्य रहेको थियोे ।
कार्यक्रममा शि लिडस महिला नेतृत्व कार्यक्रमको परिचय :- यो कार्यक्रम निर्वाचित महिला जनप्रतिनिधिहरुले सामना गर्ने चुनोतिहरुका आधारमा तयार पारिएको हो। त्यसै गरि महिला नेतृत्वका जनप्रतिनिधिहरु लाई नेतृत्वदायी भुमिका निर्वाह गर्न सहयोग पुर्याउन क्षमता अभिवृद्धि गर्ने र सहभागीतामुलक गतिविधिमा आधारित रहेका छ्न । भने महिला नेतृत्व गर्ने जनप्रतिनिधिका रूपमा अर्थपुर्ण सहभागीताका लागि सहयोग गर्ने भन्ने कुराहरु संस्थाका अध्यक्ष गोरा नेपालीले प्रस्तुत गर्नु भएको थियो ।
अध्यक्ष नेपालीका अनुसार शि लिड्स परियोजनाका क्षेत्र भने १ नम्बर प्रदेशको ५ वटा जिल्लाका २६ पालिकामा संचालित छ्न । भने त्यसै गरि २ नम्बर प्रदेशको ५ वटा जिल्ला २८ वटा पालिकामा सन्चालनको क्रममा रहेको बताए ।
कार्यक्रमको प्रमुख अध्यक्ष भोक्राहा नरसिन्ह गाउँ पलिकाका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष पुनम कुमारी मेहता , प्रमुख प्रशासकिय अधिकृत राम चरीत्र मेहता,भोक्राहा नर्सिन्ह नेपाली काङ्ग्रेस गाउँ सभापति युवराज दहाल, नेकपा गाउँ कमिटीका अध्यक्ष रामकुमार मेहता , जसपा भोक्राहा नरसिंहका अध्यक्ष महेन्द्र यादव, पालिकक योजना शाखाका रामचन्द्र यादव लगायत पालिकाका वडा सदस्यहरुको कार्यक्रममा उपस्थिति रहेको थियोे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया