काठमाडौंँमा निषेधाज्ञा थपिने, माइक्रो बस र टेम्पो चलाउन पाइएला ?
२० असार २०७८, आईतवार १२:२८
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै एक हीथा थपिने भएको छ ।
आज सिडिओहरु बैठक बस्दै एक हप्ता लम्बाउने तयारी भएको हो । पछिल्लो समय हरेक हप्ता खुकुलो बनाउदै गइएको निषेधाज्ञा यसपटक अझै खुकुलो बनाउने तयारी छ ।
स्रोतका अनुसार आज बस्ने बैठकले यसपटक माइक्रो बस र टेम्पो सन्चालनबारे पनि निर्णय गर्ने तयारी छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सकेसम्म आजै अपराह्न, नभए भोलि बिहान बैठक बस्ने तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार यसपटक माइक्रो बस र टेम्पोबारे निर्णय हुने छ ।
अघिल्लो साताको बैठकले २५ भन्दा बढी सिटका सार्वजनिक सवारी साधनहरु जोरबिजोरको आधारमा सन्चालन गर्न दिने निर्णय गरेको थियो ।
कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । संक्रमण दर घट्दै गएको निष्कर्षसहित हाल निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ।
तर निषेधाज्ञा खुकुलो हुँदै गएपछि संक्रमणदर बढ्न थालेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरिरहेका छन् । ज्योतिन्यूज

फेसबुकबाट तपाईको प्रतिक्रिया