तिलाठीकोइलाडीका आधा दर्जन गाउ उच्चजोखिममा
१९ असार २०७८, शनिबार १९:१२
राजविराज । अबिरल बर्षाका कारण सप्तरीको दक्षिणी भेगका आधा दर्जन गाउाहरु बाढीमा डुवने खतरा रहेको छ । एक हप्ता देखि पुर्वी पहाडी जिल्लामा लगातार परेको अबिरल बर्षाका कारण यस वर्ष पनि सप्तरीको दक्षिणी भेगका तिलाठी,कोइलाडी, लोनीयाा, सकरपुरा ,रम्पुरामल्हनीया सहितका आधा दर्जन गाउाहरु डुवानमा पर्ने खतरा रहेको तिलाठी कोइलाडी गाउापालिका अध्यक्ष सतिश सिाहले बताउनुभयो ।
सप्तरीमा चुरे क्षेत्र हुादै बग्ने खााडो नदीको बाढीले प्रत्येक बर्ष सप्तरीको दक्षिण भेगका अधिकाश घरहरु डुवाउनुका साथै खााडो नदिमा बाढी आएको बेला कटान समेत हुने गरेको उहााले बताउनुभयो । उक्त खााडो नदिका कारण बाढी आएको समयमा तिलाठी कोइलाडी गाउापालिका लगभग पुरै डुवानमा पर्ने गरेको उहााको भनाई छ ।
खााडो खोलाको बाढीका कारण बर्सेनी डुबानको समस्या झेल्दै आएका सप्तरीको तिलाठी कोइलाडी गाउापालिका अहिले उच्च जोखिममा परेको जनाइएको छ । गाउापालिका अध्यक्ष सिाहका अनुसा लगातार परेको मुसलधारी बर्षाले पनि तिलाठी कोइलाडी गाउापालिकाको आधा दर्जन गाउामा बाढी पसन सकिने खतरा रहेको बताउनुभयो ।
खााडो नदिले पत्येक बर्ष तिलाठी कोइलाडी गाउापालिकाको वडा नं. १ देखि ८ सम्म डुवन हुने गरेको बताउदै लगातारको बर्षाका कारण बाढी आउने खतर रहेको भन्दै यहााको जनता सर्तकता अपनाउन उहााले आग्रह गर्नुभयो ।
खााडो नदिको बााधको काम केही ठाउामा अधुरो रहेकाले बाढी सोझिएर तिलाठी कोइलाडीमा पस्ने भएकाले थप डुबानमा पर्न सक्ने स्थानियबासीको भनाई छ । गत २०७३ को बाढीमा तिलाठी कोइलाडि गाउापालिका ४ मा एक बालकको ज्यान गएको थियो भने हजारो घर बाढीले क्षति गरेको थियो ।
खााडो नदिमा आउने बाढीले तिलाठी कोइलाडी हुादै भारतको बिहार राज्यको सुपौल जिल्लामा प्रवेश गर्दछन । यो नदिको बाढीले भारतको सुपोल जिल्लामा प्रत्येक बर्षा अधिकास गाउा डुवाउनुका साथै लाखौको क्षति हुने गरेको छ ।
त्यस्तै महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरी लगायतका दर्जनौ खोलामा आउने बाढीले हरेक वर्ष सप्तरी जिल्लाको अधिकााश गाउा डुवानमा पर्दा ठूलो धनजानको क्षति हुने गरेको पाइएको छ । सो नदिहरुमा बाढी आउनुभन्दा पहिला नदीहरुको मर्मत र उचित ढङगले बााध निर्माण कार्य सम्पन्न नभएकाले पनि सप्तरी जिल्लामा बाढीको समयमा उच्चसर्तकता अउनाउनुपर्ने बाध्यता रहेको बुद्धिजिवीहरुको भनाई छ ।
यस्तै सप्तरीको सप्तकोशी, कञ्चनरूप, हनुमाननगर कंकालिनी, राजविराज नगरपालिका साथै अग्निसाईर कृष्णासवरण, महेदवा, तिरहुत, रुपनी गाउापालिकाका दर्जनौं गाउाबस्ती प्रत्येक बर्ष बर्षाको समयमा बाढी आउदा डुवानमा पर्ने गरेको पाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया