किसानलाई मोटर , स्पेयर, त्रिपाल, जिंक सहितका सामग्री वितरण – Nagarikabhiyan : National News

किसानलाई मोटर , स्पेयर, त्रिपाल, जिंक सहितका सामग्री वितरण

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ नरसिंहका किसानलाई मोटर , स्पेयर, त्रिपाल, जिंक सहितका सामग्री वितरण गरेको छ । सिचाई गर्न समस्यामा रहेका किसानहरुलाई भुमिगत पानी सिचाई गर्न १६ थान मोटर पम्पसेट, स्पेयर १०८ थान, त्रिपाल २३६ थान र जिंक ३५५ केजि एकसाथ वितरण गरेको छ । वितरण गरेको कृषि सामग्री तथा औजारले किसानलाई राहत मिलेको नरसिंह साना कृषि समूहले जनाएको छ । नरसिंह साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष अन्जु कुमारी मेहताको अध्यक्षतामा गाउँपालिकाका कार्यवाहाक अध्यक्ष पुनमकुमारी मेहताले किसानलाई सामग्री वितरण गर्नुभयो । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि सामग्री वितरण गरेको समूहका रुद्र साहले जानकारी दिनुभयो ।