कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान – Nagarikabhiyan : National News

कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान

काठमाडाैं । महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा नेताहरुबीच देखिएको विवाद समाधान भएको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान सहमतिमै सुल्झ्याउने निर्णय गरेको हो ।

बैठकले क्रियाशील सदस्यताका बारेमा परेको उजुरी र गुनासो सहमतिमा नै टुंग्याउने निर्णय गरेको कांग्रेस नेता एवं क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिए । उनले अन्य दलबाट कांग्रेसमा समाहित भएका दलका सदस्यको नविकरण पनि सहमतिमा नै गरिने बताए ।

नेता लेखकका अनुसार ४ लाख ७० हजार क्रियाशील सदस्य रहेकोमा अहिलेसम्म ४ लाख सदस्यता नवीकरण भएको छ भने ४ लाखभन्दा बढी नयाँ सदस्य थपिएका छन् ।