ओली-नेपालबीच टेलिफोन वार्ता, यस्तो भयो कुराकानी
१८ असार २०७८, शुक्रबार ०९:०६
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोनवार्ता भएको छ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुराकानी भएको हो।
ओलीले बैठकमा सहभागीका लागि नेपाललाई आग्रह गरेको बताइएको छ। बिहीबार नेपाल पक्षीय नेताहरुले आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो। निर्णययलगत्तै प्रधानमन्त्री ओलीले नेपाललाई टेलिफोन गरी बैठकमा सहभागी हुन आग्रह गरिएको ओली निकट नेताहरुले जानकारी दिए। एमाले एकताको लागि गत मंगलबार बसेको स्थायी कमिटी बैठकले जेठ २ मा फर्किने निर्णय गरेको थियो। बैठक आज ११ बजे बस्दैछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया