बसको ठक्करबाट साइकल यात्रीको मृत्यु – Nagarikabhiyan : National News

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

कैलाली । कैलालीमा मिनि बसले ठक्कर दिदा एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

जिल्लाको बर्दगोरीया गाउँपालिका २ कि २५ वर्षिया सरस्वती कुमारी उपाध्यायको मुत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियाले जानकारी दिएको छ ।

लम्कीबाट धनगढी जाँदै गरेको ना ७ ख ९३० नम्बरको बसले साईकल यात्रीलाई दिउँसो १ बजे बौनियाँ बजारको चौराहामा ठक्कर दिएको थियो । गम्भिर धाईते उपाध्यायको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको बताएको छ ।

बस र चालकलाई ईलाका प्रहरी कार्यालय बौनियाँले नियन्त्रणमा लिएको छ ।