विभागका अनुसार २०७८ वैशाख १५ सम्म वैध भिसा भएका विदेशी नागरिक २४ असारभित्र नेपालबाट बाहिरिँदा अध्यागमन कार्यालय, त्रिभुवन विमानस्थलबट निःशुल्क भिसा नियमित गरिनेछ ।
नेपालमै रहन चाहने पर्यटकले भने २४ असार भित्र आवेदन गरेमा विलम्ब शूल्क र जरिवाना नलिई भिसा शुल्क मात्र लिएर नियमित गरिने विभागले जनाएको छ । २४ असारपछि आउने विदेशीको हाकमा भने भिसा शुल्क, विलम्ब शूल्क र जरिवाना समेत लाग्ने छ ।
निषेधाज्ञाको अवधि नगनिने
नेपाललमा एक जना पर्यटकले एक वर्षमा पर्यटक भिसामा बढीमा १५० दिन मात्र रहन सक्ने प्रावधान रहेको छ । तर, निषेधाज्ञा भएको समयलाई भने सरकारले पर्यटक भिसाको यो अवधिबाट छुट दिने भएको छ ।
अर्थात् यो वर्ष पर्यटकले २१० दिनसम्मको बसाईलाई पर्यटक भिसा लिन सक्ने गरि निर्णय भएको समेत विभागले जानकारी गराएको छ ।
नेपालमा सरकारले वैशाखको पहिलो साताबाट विभिन्न जिल्लामा निषेधाज्ञा थालेको थियो । उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा शुरु भएको हो । यो बेला हजारौं पर्यटक पर्वतारोहणको सिलसिलामा नेपालमा थिए । अनलाइन खबर बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया