वित्तिय साक्षरता कक्षा अनुगमन – Nagarikabhiyan : National News

वित्तिय साक्षरता कक्षा अनुगमन

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका र इनरुवा नगरपालिकामा वित्तिय साक्षरता कक्षाको अनुगमन समपन्न भएको छ ।

सामुदायीक विकास संस्था सिडियो सुनसरी मार्फत भोक्राहा नरसिंह गाउँपालिका र इनरुवा नगरपालिकामा संचालीत सुरक्षित आप्रवासन परियोजना (सामी) ले देश बाहिर रहेकाहरुको परिवारहरुका लागि संचालित वितिय साक्षरता कक्षाको अनुगमन गरेको हो ।

वित्तिय साक्षरता कक्षा अनुगमनको क्रममा भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले फुलबारी वित्तिय साक्षरता कक्षाकी सहभागी महिला ज्योती शार्मासँग सोध्दैँ भने वित्तिय साक्षरता कक्षामा तपाईहरु के के सिक्नु भयो ?, कार्यवाहक अध्यक्ष मेहताको प्रश्नको जवाफ दिदैँ भने हामीले यस कक्षाबाट नसिकेको कुरा सिक्न पाएका छौँ, त्यसमै खुशी छौँ । नसिकेको कुरा सिक्न पाउँदा को खुशी हुदैँन् र ।

भोक्राहा नरसिंह गाउँपालिका जस्तो पछाडी पारिएको ठाउँमा सिडियोे सुनसरी मार्फत संचालित सामी परियोजना अन्तरगतको वित्तिय साक्षरता कक्षा यस पालिकामा प्रभावकारी तरिकाले संचालन भइरहेको फुलबारी वित्तिय साक्षरता समुहकी महिला शार्माले बताइन् ।

उता अनुगमनकै क्रममा भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ मा संचालित माँ दुर्गा वित्तिय साक्षरता कक्षा, शर्मा टोल वित्तिय साक्षरता कक्षा भोक्राहा नरसिंह वार्ड नं.३, प्रदेशी वित्तिय साक्षरता कक्षा भोक्राहा नरसिंह वार्ड नं. ७ लगायतमा संचालित कक्षाको अनुगमन गरिएको सामी परियोजना सुनसरीका कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिए ।

त्यस्तै अनुगमन टोलीले इनरुवा नगरपालिकामा संचालित रहेको विभिन्न वित्तिय साक्षरता कक्षा समेत अनुगमन गरिएको छ ।

इनरुवा नगरपालिका वार्ड नं. ९ मा संचालित लगनशिल महिला समुह, जनप्रगतिशिल महिला समुह, सिद्धार्थ महिला समुह , सुभान अल्लाह वित्तिय महिला साक्षरता समुह लगायतको समुह अनुगमन गरिएको सामी परियोजना सुनसरीका समाजिक परिचालक रोशन मण्डलले जानकारी दिए ।