सिन्धुपाल्चोकमा ८९.५६ प्रतिशतले दोस्रो लहरको कोरोना जिते – Nagarikabhiyan : National News

सिन्धुपाल्चोकमा ८९.५६ प्रतिशतले दोस्रो लहरको कोरोना जिते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा आइताबार हिजो थप ३३ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाभित्रका २३ जना र जुगल गाउँपालिकाको १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोभिड –१९ कोरोना भाइरस फैलिएसंगै जिल्लामा सङ्क्रमितको संख्या ३ हजार ९ सय १५ पुगेको हो । थप २२ जना भने कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या ३ हजार ४ सय ३२ पुगेको छ ।ज्योतिन्यूज  जिल्लाको १२ वटा स्थानीय तहमध्ये इन्द्रावती गाउँपालिकामा सङ्क्रमितको संख्या शून्य देखिएको छ ।

सबैभन्दा बढी चौतारा साँगाचोकगढी नगर पालिकामा सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य कार्यलयको तथ्याङ्का अनुसार दोस्रो चरणको कोरोनाले सिन्धुपाल्चोकका ३० जनाको मृत्युभएको छ ।