भौतिक मन्त्री नबनाउने हो भने मुख्यमन्त्री बनाउनुपर्छ : दीपक मनाङे – Nagarikabhiyan : National News

भौतिक मन्त्री नबनाउने हो भने मुख्यमन्त्री बनाउनुपर्छ : दीपक मनाङे

पोखरा । गण्डकी प्रदेशका स्वतन्त्र सांसद् एवं बिनाविभागीय मन्त्री दीपक मनाङे (राजिव गुरुङ)ले आफूलाई भौतिक मन्त्री नबनाए मुख्यमन्त्रीको जिम्मेवारी दिनुपर्ने माग राखेका छन्।

आइतबार दुई बिनाविभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेपछि उनले आफूलाई भौतिक मन्त्रालय दिनुपर्ने र, यदि उक्त पद नदिए मुख्यमन्त्रीकै जिम्मेवारी दिनुपर्ने अडान राखेका हुन् ।

उनले भनेका छन्, ‘माओवादी र कांग्रेसले ४/४ वटा मन्त्रालय अनि हामी जसपासँग ३ वटा मन्त्रालय भनेर पहिल्यै कुरा भएको हो । अहिले उनीहरु लोभी भएर हुँदैन । यदि, त्यस्तो हो भने मलाई भौतिक नदिए मुख्यमन्त्री दिनुपर्छ/दिन्छन् । मैले भन्दिसक्या छु ।’

बिनाविभागीय मन्त्रीको शपथ ग्रहण गरेको लगभग दुई हप्ताको अन्तरालमा नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारीर नेपाली कांग्रेसका कुमार खड्काले मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् ।

अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खड्काले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएसँगै आइतबार नै पदभार ग्रहण गरेका छन्।

तर, मनाङेको भौतिक मन्त्रालयमै रहर र जसपाको अर्थ मन्त्रालयसहित २ मन्त्रालय दिने बाचा भए पनि नदिइएपछि किचलो बढेको छ ।

मुख्यमन्त्री पोखरेलले भने मनाङेलाई युवा तथा खेलकुद मन्त्रालय दिने बताएका छन् ।न्युुज२४ मा छ । तर, उक्त पदमा बस्नका लागि आफूले नेपालीलाई विश्वाको मत नदिएको बताउँदै भौतिक मन्त्री बन्ने बाचाका साथ सरकारमा सहभागी भएको जवाफ दिएका छन् ।

आफू कांग्रे, जसपा एउटै पार्टी भएर सरकारमा गएको पनि बताएका छन् । साथै सरकारमा जानुअघि गरिएको सम्झौताबमोजिम पछि नहट्ने पनि उनले भनेका छन् ।