सुनसरीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु, दुई जना घाइते – Nagarikabhiyan : National News

सुनसरीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु, दुई जना घाइते

इनरुवा । सुनसरीको कोसी गाउँपालिका ८ मा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

पुर्ब–पश्चिम राजमार्ग अन्र्तगत उक्त स्थानमा हायसले पिकअप र मोटरसाइकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो । यस्तै दुर्घटनामा परेर दुईजना घाइते भएका छन् । आज बिहान पौने ८ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले बिपरित दिशाबाट आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकल र को १ च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनाबाट गम्भिर घाइते भएका मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडी सवार मोरङग विराटनगर ९ का ४५ वर्षीय राम प्रसाद साह र पिकअप चालक विराटनगर ७ का ४० वर्षीय अक्षय कुमार गुप्ताको जिल्ला अस्पताल ईनरुवा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त दुर्घटनाबाट घाइते भएका हायस चालक नुवाकोट बिदुर नगरपालिका १३ का ३५ वर्षीय विवस तामाङ र हायसका सहचालक बिदुर नगरपालिका ११ का २५ बर्षीय नारायण बत्सयालको विराट नर्सिङहोम विराटनगरमा उपचार भईरहेको छ ।

दुर्घटना भएका तिन वटै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।