एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी – Nagarikabhiyan : National News

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

काठमाडाैँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक बालुवाटारमा शुरू भएको छ । प्रधानमन्त्री निवास, बालुवाटरमा जारी रहेकाे  बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेकाे बालुवाटार स्राेतले जनाएकाे  छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं एमाले नेता सूर्य थापाले बैठक सुरू भएकाे जानकारी दिएका छन् ।

स्राेतका अनुसार पछिल्लाे समय सर्वोच्च अदालतले वर्तमान कामचलाउ सरकार २० जना मन्त्रीलाइ कामकाज गर्न राेक लगाएपछि उत्पन्न परिस्थितिबारे एमाले स्थायी कमिटी बैठकमा छलफल हुने जनाइएकाे छ । साथै एमालेभित्रकाे विवाद र पार्टी एकताका सन्दर्भमा समेत छलफल हुने बताइएकाे छ ।