अफवाह फैलाउने ९ अनलाईनविरुद्ध रुपा सुनारले दिइन् प्रेस काउन्सिलमा उजुरी
१२ असार २०७८, शनिबार १६:०४
काठमाडौं । सञ्चारकर्मी रुपा सुनारले आफुविरुद्ध अफवाह फैलाउने ९ वटा अनलाइनविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । आफूलाई भएको जातीय दुर्व्यवहारको विरोध गर्दा ‘युरोपियन युनियन (ईयू) बाट उचालिएको’ जस्ता भ्रामक समाचार लेखेर जातीय भेदभाव र छुवाछूलाई दुरुत्साहन गर्ने कार्य गरेको भन्दै सुनारले काउन्सिलमा उजुरी दिएकी छन् ।
रुपाले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध प्रेस काउन्सिलमा लिखित उजुरी दिएका छन् । यी अनलाइनले सुनारलाई युरोपियन युनियन (ईयू) बाट डेढ करोड रुपियाँ खाएको लगायत लाञ्छना लगाएका थिए ।
उनले उजुरीमा लेखेकी छन्, ‘प्रस्तुत अफवाहले विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्याउने र जातीय छुवाछुत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्य खुल्लमखुला गरेको समेत देखिन्छ । मेरो चरित्र हत्या गरी समग्र समुदायमाथि नै हिंसा गरेको हुनाले ती अनलाइनहरूमाथि प्रेस काउन्सिलबाट आवश्यक कानुनी कारबाही गर्नुका साथै ती अनलाइनर्लाइ साइबर अपराध कसुरअन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिनु हुन यो निवेदन पेस गर्दछु।’
काठमाडौंको बबरमहलमा कोठा खाज्ने क्रममा घरबेटीले जातीय विभेद गरेपछि न्याय माग्दा ती अनलाइन पोर्टहरुले आफ्नो चरित्र हत्या गर्न भ्रामक समाचार फैलाएको भन्दै काउन्सिलमा उजुरी दिएकी छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया