देवानगंज गाउँपालिका कि प्रचार पालिका – Nagarikabhiyan : National News

देवानगंज गाउँपालिका कि प्रचार पालिका

देवानगंज चैत २८ गते ।  सुनसरी जिल्लाको सिमावर्ती देवानगंज गाउँपालिकाले आफ्नो क्षेत्रमा तथा वडामा काम भन्दा बढी प्रचार गरेको पाइएको छ । लकडाउनका कारणले घरमै बसेका विपन्नहरुलाई हातमुख जोड्न समस्या रहेको बेला राहत त के पालिकाले झुठो प्रचारबाजी मात्रै गरेको वडाबासीहरुले बताएका छन् । पालिकाका अधिकृतदेखी जनप्रतिनिधिसम्मले काम भन्दा प्रचारप्रसारमा सिमित बनेको देवानगञ्जका वडाबासीले गुनासो गरेका छन । पालिकामा ७० लाखको राहत कोष स्थापना भएको , राहतका लागि सरकारले निर्देशीका पठाएको र रकम समेत भएपनि काम भन्दा बढी प्रचारको पछि पालिका लागेकाले नागरिकहरु रुष्ट बनेका छन् । जनप्रतिनिधिहरुको व्यक्तिगत स्वार्थ र पार्टी स्वार्थका कारणले स्थानीयहरु समयमा राहत नपाएको भन्दै आक्रोष पोखेका छन् ।
विगतमा पनि यस पालिकामा समस्या रहेकोमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गरेको लकडाउनका कारणले दैनि मजदुरी गर्ने, सुकुम्बासी, दलितहरु सबै भन्दा बढी मारमा परेका छन् । यस आपतविपतको समयमा समेत कुनै राहत नपाएकाले गाउँलेहरु आक्रोसित बनेका हुन ।
नेपाल अहिले लक डाउनको कारणले अस्तव्यसत भएको बेला देवानगंज गाउँपालिकाले काम कम र बढी प्रचारबाजीमा लागेको देखिएको छ । केही दिन अगाडी मात्र केही संचार माध्यमा समाचार आयो माक्स र साबुन वितरण गरे तर त्यही संचार माध्यमले होईन भने । पछि जुन सामाचारले झुठो कुरा प्रशारण गरे त्यो समाचारबाट स्थानीयहरु आक्रोसित समेत भए । समाचार थियो देवानगंज गाउँपालिकाले घर घरमा साबुन र माक्स वितरण गरियो । जव कि वितरण नै गरिएको थिएन गाउँपालिका जनप्रतिनिधिको आसेपासे बाहेक स्थानीय गरिब जनताले पाएकै थिएन र त्यसको ५ दिन पछि मात्र केही वडाले वितरण गरियो । यस्तो हावा समाचारले पनि पुष्टी हुन्छ कि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि समाचार आउनलाइ भए पनि भुठो अफुवाह फैलाई आफू कागज मिलाई खाने दुसप्रयासमा लागेको छ ।
देवानगंज गाउँपालिकामा राहतको लागि सबै थोक तयारी अवस्था रहेको दावी गरेपनि वितरण भने नगरेको कारणले थप शंका उत्पनन भएको छ । झुठो प्रचारका लागि केही मिडियामा विज्ञापन दिएर आफ्नो पक्षमा सूचना र समाचार बजाउन लगाएको गाउँबासीको आरोप छ ।
मिडियामा पाकिलाका कुनै पनि गरिव र विपन्न, असाहय, अपांग जनताले भोकै बस्नु नपर्ने समाचार दिन्छ तर देवानगंज गाउँपालिकाले अहिले सम्म राहत वितरणको काम शुरु नगरेकोले समस्या देखिएको छ । दैनिक ज्याला मजदुरी गर्ने, निम्न आए भएको व्यतिहरु जेनतेन गुजार गरिहरेका छन् । तर यस प्रति जनप्रतिनिधिहरुको कुनै चासो देखिदैन । धेरैले मात्र प्रचार बाजिमा लागेका छन् । राहत वितरणको नाममा नातावाद कृपावाद हावि भएको छ । अरुबेला प्रचार प्रसार गरे पनि अहिले यो विपतको समयमा काम भन्दा प्रचारवाजि मात्र गरेको स्थानीय यूवा नेता बेचन मेहाताको भनाइ छ । मेहताले काम भन्दा कुरा र प्रचारवाजी बढी गरेको बताउनुभयो । प्रचारको काम भन्दा परिणममुखि काम गरे राम्रो हुने मेहताको सझाव छ ।
यसैबीच राहतको विषयमा बुझन खोजदा देवानगंज गाउँपालिका प्रमुख प्रशसकिय अधिकृत त्रिलोचन न्यौपानेले राहतको काम भईरहेको गोलमटोल प्रतिकृया दिनुभयो