गृहमन्त्रीको पदमा आसिन हुँदै पौडेलले दिए यस्तो अभिव्यक्ति
११ असार २०७८, शुक्रबार १६:३८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रालयको समेत जिम्मेवारी दिएसँगै अर्थमन्त्री समेत रहनुभएका उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले पदबहाली गर्नुभएको छ ।
कार्यभार सम्हालेपछि बोल्दै उहाँले जवाफदेही भएर काम गर्न निर्देशन दिँदै नतिजामुखी काममा जोड दिनुभयो ।
आफूले मन्त्रीको रूपमा गृह प्रशासन र प्रहरीलाई कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने दाबी गर्दै उहाँले भन्नुभयो, ‘काममा हस्तक्षेप गर्ने कुरामा म विश्वास गर्दिन । म हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ । कामप्रति जवाफदेही हुने, परिणामप्रति जवाफदेही हुने, त्यस हिसाबले अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छु । यहाँहरूले आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्नका निम्ति यहाँहरू सबै स्वतन्त्र हुनुहुन्छ ।
कुनै प्रहरी संगठनका प्रमुखलाई, सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप नगर्ने भन्नै उहाँले संवैधानिक व्यवस्था, कानुनी प्रवन्ध र स्थापित प्रणालीहरुका आधारमा आ–आफ्ना जिम्मेवारीपुरा गर्नका सबै स्वतन्त्र हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, मलाई नतिजा चाहिन्छ । नतिजाप्रति जवाफदेही भएर, जिम्मेवार भएर यहाँहरुले काम गर्नुपर्छ भन्नेमा पनि मान्यता राख्छु ।’
मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतिका लागि एकजना प्रहरी पनि आफूकहाँ नआउन निर्देशन समेत दिनुभयो ।ज्योतिन्यूज

फेसबुकबाट तपाईको प्रतिक्रिया