संंवैधानिक इजलासमा आजको बहस सकियो, यी अधिवक्ताहरुले गरे बहस
११ असार २०७८, शुक्रबार १५:१७
प्रतिनिधिसभा विघटन मुद्दामा संंवैधानिक इजलासमा शुक्रबारको बहस सकिएको छ । रिट निवेदक तर्फका कानुन व्यवसायीलाई छुट्याएको समय अब २ घण्टा ३५ मिनेट बाँकी छ ।
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलासमा रिट निवेदकका कानुन व्यवसायीलाई २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर इजलास स्थगित गरेका हुन् ।
शुक्रवार वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका छन् ।
आइतबार चिया समयभन्दा पहिलेसम्म निवेदक पक्षले बहस गर्नेछन्। त्यसपछि सरकार पक्ष अथवा निवदनका विपक्षीले बहस गर्नेछन्।
उनीहरुका लागि १५ घण्टा समय दिइएको छ। विपक्षीमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको तर्फबाट छुट्टाछुट्टै बहस हुनेछ।
त्यसको प्रत्युतरमा निवेदक पक्षले फेरि ३ घण्टा समय पाउने छन्। एमिकस क्युरीले २ घण्टा राय दिनेछन्। त्यसपछि मुद्दाको फैसला हुनेछ।अन्नपूर्ण टाइम्स

फेसबुकबाट तपाईको प्रतिक्रिया