स्वास्थ्यकर्मी सेवा समितिद्धारा देवानगञ्ज गापालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान
२६ जेष्ठ २०७७, सोमबार १८:१५
देवानगंज । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा स्वास्थ्य सेवा समितिले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भन्दै देवानगञ्ज गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको संस्था स्वास्थ्य सेवा समितिले (KN 95 Mask, Hand sanitizer, Surgical mask, Top gloves, Surgical cap) स्वास्थ्य सुरक्षा सामग्री पालिकाका अध्यक्ष श्री लालीप्रसाद मेहतालाई प्रदान गरेको हो ।
गाउँपालिकामा स्वास्थ्य सेवा समितिले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको प्रमुख प्रशासकिय अधिकृत त्रिलोचन न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रम डा.आनन्द मेहता, फा.कृष्ण नन्दन मेहता, महेश प्र.मेहता, दिनेश मेहता, जुगणु उराँव, बिनोद , रामेश्वर, राजकुमार, सुभाष, संजिव, लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया