टिकापुरको एक मोबाईल पसलमा आगलागी हुुदा २५ लाख बराबरको क्षेती – Nagarikabhiyan : National News

टिकापुरको एक मोबाईल पसलमा आगलागी हुुदा २५ लाख बराबरको क्षेती

टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नं ६ नारायणपुर चौराहाको एक मोबाईल पसलमा आगलागी भएको छ । नगरपालिकाको वडा नं ६ नारायणपुर चौरहमा रहेको अशोक मोबाईल ग्यालेरीमा आगलागी भएको हो ।

वडा नम्बर ६ का अध्यक्ष बलिराम चौधरीका अनुसार विहिबार राति करिब १० बजे मोबाईल पसलमा बिधुुत सर्ट भई पसलमा आगलागी भएको बताउनु भयो । अशोक मोबाईल ग्यालेरीमा आगो लाग्दा झण्डै २५ लाख बराबरको क्षेती भएको छ ।

बिधुत हाईभोल्टेजका कारण बिधुत सर्ट भइ आगलागी भएको हुन सक्ने अशंका प्रहरी चौकी सत्तीका प्रमुुख प्रहरी नायब निरिक्षक लोकेन्द्र चन्दले बताउनु भएको छ । पसलमा आगलागी हुुँदा पुर्ण रुपमा क्षेति भएको छ ।