माधवकुमार नेपाल पक्षका कार्यकर्ताद्वारा नयाँ दल दर्ता, चुनाव चिन्ह कलम
९ असार २०७८, बुधबार १९:४९
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताद्वारा निर्वाचन आयोगमा कलम चिन्हसहित नयाँ दल दर्ता गरिएको छ ।
दुई दिनअघि जीवन राईको अध्यक्षतामा दल दर्ता गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार बुधबार अध्यक्ष जीवन राईलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
वरिष्ठ नेता नेपाल पक्ष जीवन राईको नेतृत्वमा गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन गरिएको थियो । पार्टीको केन्द्रीय सदस्यको संख्या २५ सदस्यीय रहेका छ भने उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् । पार्टीको विधानमा ३३ प्रतिशत महिला, १० प्रतिशत युवाको सहभागीता सुनिश्चित गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया