समयमा सडक निर्माण भएन – Nagarikabhiyan : National News

समयमा सडक निर्माण भएन

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकाको ग्रामिण सडक समयमा निर्माण नभएको कारणले स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ । हरिनगर गाउँपालिकाको सडक समयमा निर्माण नभएकाले वर्षामा नागरिकलाई आवतजावत गर्न समस्या हुने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

हरिनगर ५ बसन्तपुर बेस क्याम्प देखि भुटाहा बसमतियाको मूल सडक जोडने बाटोको काम समयमा नस्दा सामान्य वर्षामा पनि हिलाम्य सडक बन्ने गरेको शिक्षक नजामुदिन अंसारीले बताउनुभयो । हिलामय हुने भएकाले स्थानीय सरकारले सो अवस्थाको मध्यनजर गरी २०७४ चैत १२ गते ठेक्का सम्झौता गरेर २०७७ वैशाख ११ सम्ममा सडक पिच(कालोपत्रे) सम्पन्न हुनुपर्नेमा अझै पनि आधा काम नभएको छैन् ।

समयमा काम नभएकाले गाउलेलाई समस्या भएको शिक्षक अंसारीको भनाई छ । गाउँको परानो सडकमा ठेक्का पश्चात सडक सम्पन्न हुने मिती गुज्रीसकेको भएपनि के कति कारणले हालसम्म पिच नभएको भनेर स्थानीयले प्रश्न गर्न थालेका छन् । कालोपत्रे गर्ने ठेक्का दिएको भएपनि कालोपत्रे त के माटो पुर्ने देखि ग्रावेल सम्मको पनि काम हुन नसकेकोले स्थानीयहरु आक्रोसित बनेका छन् । हरिनगर गापा ५ को सिसुवा धरमपुर टोलका झण्डै ३०० घर परिवारका नागरिकहरूले समयमा काम सम्पन्न गर्न माग गरेका छन् ।

काम सुरू भएकाले भएको सडकमा समेत कहिकतै माटो हालेकाले वर्षायाममा हिलो भएपछि चिप्लिएर दुर्घटनाको जोखिम र औषधी उपचार देखि कृषिजन्य उत्पादनको बेचबिखनका लागि प्रयोग गर्न समेत बाटो नभएको बताइएको छ । यहाँका नागरिकलाई आवश्यक कामका लागि नजिकपर्ने भुटाहा तथा हरिनगरको बजारसम्म पनि बाटो भएर पुग्न समस्या भएकोले बसन्तपुबासी चिन्तित भएको स्थानीय पप्पु धानुकले बताउनुभयो ।

गाउँलेले काम प्रति समयमै सबै सरोकारवालाहरूलाई तदारूता देखाई समयमा काम सक्न आग्रह गरेका छन् । हरिनगर गाउँपालिका ५ का वडा अध्यक्ष सबिब मियाँले लकडाउनका कारणले समयमा काम नभएको र त्यसमा ध्यान दिनुभयो ।