ओलीले दिएको भ्याकेट निवेदनमा सर्वाेच्चले दुवै पक्षलाई बोलायो
८ असार २०७८, मंगलवार १५:४३
काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमाले सांसदहरुलाई पुनर्बहाली गरेको फैसलाविरुद्ध परेको भ्याकेट निवेदनको सुनुवाइ गर्दै ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश जारी गरेको छ ।
यसअघि एमाले दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीलाई अवैध भन्दै सर्वोच्चले ४ जनाको पुनर्वहाली गरेको थियो ।
पदमुक्त गरिएका सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्धको पुनरावलोकन माथि मंगलवार सुुनवाई गर्दै आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो ।
अदालतको आदेशपछि प्रधानमन्त्री भ्याकेटमा गएपछि ४ प्रदेशसभा सदस्य रिट निवेदक रहेको मुद्दामा उनीहरुलाई सूचना दिनुपर्ने नियमित प्रक्रियाअनुसार यो आदेश जारी भएको सर्वोच्च स्रोतले जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्चमा छुट्टाछुट्टै भ्याकेट निवेदन दिनुभएको थियो । अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न सर्वोच्चले विपक्षी झिकाएर छलफल गर्न आदेश गरेको हो ।
पदबहाली भएपछि कर्णाली सरकारमा सामेल भएका ती सांसदहरुले एमाले संसदीय दललाई चुनौति दिदै आएका छन् । ज्योतिन्यूज बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया