एनएमबि बैंकद्वारा हेलिकप्टरमार्फत मनाङमा राहत वितरण
७ असार २०७८, सोमबार ११:०९
काठमाडौं । एनएमबि बैंकद्वारा मनाङ जिल्लाका बाढी प्रभावित परिवारलाई राहत वितरण गरेको छ । राहतमा मिनरल वाटर, स्यानिटाईजर र मास्क वितरण गरिएको थियो ।
बैंकको अनुसार एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे गाउँपालिकाका अध्यक्ष श्री लोकेन्द्र बहादुर घले, सोही गाउँपालिकाका, वडा नं. ५ का अध्यक्ष कैले गुरुङ्ग तथा स्थानीय समुदायको उपस्थितिमा उपर्यूक्त गुणस्तरीय सामग्रीहरु वितरण गरिएको हो ।
अचानक मौसम प्रतिकुल भएर बाढीले अलपत्र भई जीवन मरणको दोसाँधमा रहेका तीन जना नाबालक सहित गरि ५ जनालाई उक्त राहत वितरणमा गएको टोलीले हेलिकप्टरबाट उद्धार स्वरुप उपचारका लागी काठमाडौं पठाएको थियोे । उद्घार गरिएका व्यक्तिहरुमा वर्ष ६५ का बुद्धराम गुरुङ, वर्ष ९ का जोहन गुरुङ, वर्ष ७ की आरध्या गुरुङ, वर्ष ८ की जेनिप गुरुङ र वर्ष २७ की लक्ष्मी गुरुङ रहेका छन् ।
विगत केही दिन यता लगातारको भारी वर्षा पछिको पहिरोले मनाङका अधिकांश नदिहरु थुनिएका छन जसले गर्दा उक्त स्थानका सयौ मानिसहरु घरवार विहीन भएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया