कोरोना संक्रमणले पूर्वसञ्चार राज्यमन्त्री विष्टको निधन
६ असार २०७८, आईतवार ०९:५१
नेपाली काँग्रेसका नेता एवंम् पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको कोरोना संक्रमणका कारण निधन भएको छ। सुर्खेतमा कोरोना संक्रमण भएका बिष्टलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो।
मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान पाँच बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
लामो समय कांग्रेस सुर्खेतका सभापति रहेका बिष्ट २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए। उनी २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया