मेलम्चीका बाढिपीडितलाई विश्व हिन्दू परिषद नेपालको सहयोग
५ असार २०७८, शनिबार १३:३७
काठमाडौं । समग्र देश कोरोना महामारी प्रकोपसँग जुधिरहेकै अवस्थामा मेलम्चीबासी प्राकृतिक प्रकोपका कारण थप संकटमा परेको छ । पानीका कारण सधैं चर्चामा आइरहने मेलम्ची यसपालि पानीकै कारण अकल्पनीय त्रासदीमा परेको छ । मेलम्ची नदीमा मिति २०७८ असार १ गते (१५ जून २०२१), मंगलबार राति आएको बाढी बस्तीमा पस्दा दर्जनौ परिवार बेघर भएको छ । बाढीले ठुलो जनधनको क्षती भएको छ । यस प्राकृति आपताका कारण समस्यामा परेका मेलम्चीबासीको सहायताका लागि विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौ, समर्पणले संयुक्तरूपमा राहत एवं उद्यार कार्य शुरु गरेको छ ।
- 1. चामल १० किलो
- 2. दाल २ किलो
- 3. तेल १ लिटर
- 4. चना २ किलो
- 5. सोयाबिन २०० ग्राम
- 6. चिउरा २ केजि
- 7. नुन १ पाकेट
- 8. बेसार १ पाकेट
- 9. मिक्स मसला १ प्याकेट
- 10. खुर्सानी १ प्याकेट
- 11. चाउचाउ १० प्याकेट
- 14. मच्छर धुप

फेसबुकबाट तपाईको प्रतिक्रिया