श्रीमान्को मृत्युपछि श्रीमतीले अस्पतालमै गरिन् आत्महत्या
४ असार २०७८, शुक्रबार १९:२३
काठमाडौं । ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा श्रीमान्को मृत्युपछि श्रीमतीले पनि झुण्डिएर आत्महत्या गरेकी छिन्। म्याग्दीका ४५ वर्षीय तुलबहार पुन मगरको मृत्युपछि उनकी श्रीमती दिकमाया पुनले पनि आत्महत्या गरेकी हुन्।
ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार दिकमायाका श्रीमान् क्यान्सरपीडित थिए। उपचारका लागि अस्पताल आएपछि अस्पतालले तुलबहादुको कोरोना परीक्षणसमेत गराएको थिए। कोरोनासमेत पोजिटिभ देखिका उनको शुक्रबार अस्पतालमै निधन भएको हो। श्रीमानको निधनलगत्तै उनकी श्रीमतीले समेत अस्पताल परिसरभित्र आत्महत्या गरेको एसएसपी बज्राचार्यले बताइन्।
‘तुलबहादुर लामो समयदेखिका क्यान्सरका पीडित रहेछन्। अन्य ठाउँमा समेत उपचार गराएका थिए। १६ जेठदेखि भने उनीहरू ललितपुरस्थित क्यान्सर अस्पताल आएका हुन्,’ एसएसपी बज्राचार्यले भने, ‘त्यही फ्रस्टेसनका कारण आत्महत्याको बाटो रोजेको जस्तो देखिन्छ।’ तुलबहादुरको आर्थिक अवस्थासमेत कमजोर रहेको र कुनै सन्तानसमेत नभएको उनको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया