क्रान्तीकारी टोलमा क्रान्तिकारी विकास
२३ जेष्ठ २०७७, शुक्रबार १७:५१
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाको वडा नम्बर २ क्रान्तिकारी टोलमा बिकासले गति लिएको छ । विकासको लागि बाटो निर्माण र विद्युत पोल राख्ने काम सुरु भएको छ । यहाँ आरसिसी ढलान सहितको बाटो निर्माण गर्ने र सडक पोल वत्तिको लागि पोल पनि गाड्ने काम सुरु गरेको हो ।
प्रदेश सरकारको सहयोगमा विकासको काम गर्न लागेको अनुगमन समितिका अध्यक्ष केशी पण्डीतले जनाकारी दिनुभयो । पण्डीतका अनुसार नेकपाका जिल्ला अध्यक्ष योगेन्द्र मण्डल(पप्पु)को पहलमा दशन पण्डितको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको र काम तिव्र गतिमा भईरहेको छ ।
गाउँमा मोटरसाईकल समेत लान समस्या रहेकोमा अव मोटर गाडी समेत जानेआउने गरी फराकिलो बाटो निर्माणको काम गरेको अध्यक्ष दसन पण्डितले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया