आँबुखैरेनीमा सडक भाँसियो : एकतर्फी रुपमा राजमार्ग सुचारु – Nagarikabhiyan : National News

आँबुखैरेनीमा सडक भाँसियो : एकतर्फी रुपमा राजमार्ग सुचारु

काठमाडौं। पृथ्वी राजमार्ग अन्तर्गत दमौली–मुग्लिङ सडक खण्डमा पर्ने आँबुखैरेनीमा सडक भासिएको छ। गत आइतबारदेखि अविरल वर्षाले तनहुँको आँबुखैरेनी–४ साँखरमा पहिरो गएको थियो।

पहिरोबाट सडक करिब ३० मिटर भागमा क्षति पुगेको छ। पहिरोले सडकमा क्षति पुगे सँगै केही बेर सवारी आवगमन अवरुद्ध हुन पुगेको थियो। अहिले एकतर्फी रुपमा राजमार्ग सुचारु भएको प्रहरीले जनाएको छ ।

 

 

लोकपाटी न्यूज