सामुदायिक केन्द्र द्वारा प्रहरी चोकी लाई स्वास्थ सामग्री वितरण ।
२ असार २०७८, बुधबार १५:५८
भोक्राहा। सुनसरी भोक्राहा नर्सिङ गाउँ पालिका ४ अन्तर्गत रहेको सुनोलो विहानी सामुदायिक सिकाइ केन्द्र द्वारा भोक्राहा प्रहरी चोकी लाई स्वास्थ सामग्री वितरण गरिएको छ । पालिका वार्ड २ अकाहामा रहेको प्रहरी चोकी लाई सामुदायिक सिकाइ केन्द्र द्वारा आज बुधबार स्वास्थ सामग्री वितरण गरिको हो ।
विश्व भरी कोरोना महामारीको समयमा जनताको जन ,धन सुरक्षाका लागि अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीहरुलाई महामारी बाट बच्नका लागि सामुदायिक सिकाइ केन्दले भोक्राहा प्रहरी चोकिका इन्चार्ज जीवन कार्की लाई स्वास्थ सामग्री प्रदान गरिको कार्यक्रमका संयोजक सुब्बा लाल मेहताले बताए । कार्यक्रम संयोजक मेहताका अनुसार स्वास्थ सामग्री अन्तर्गत माक्स ५०० वटा, N 95 माक्स १६ वटा , सेनिटाइजर ५ लिटर ,साबुन१२ वटा ,फेस सिल १० वटा, हतमा लगाउने गलोबस १०० पिस लगायतका स्वास्थ सामग्री प्रहरी चोकिका इन्चार्ज कार्की लाई प्रदान गरिएको हो।
चोकिका इन्चार्ज कार्कीले आफुहरुलाई महामारीको समयमा स्वास्थ सामग्री उपलब्ध गराएर सहयोग गर्नु भएकोमा धन्यवाद दिदै संस्था प्रती अभार प्रकट गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भोक्राहा शाखाका अध्यक्ष युवराज दहाल, वार्ड २ का वडा अध्यक्ष आलम अन्सारी , वार्ड न. ४ का वडा अध्यक्ष हारुन अन्सारी ,वार्ड न .१ का वडा सदस्य सत्यनारायण मेहता, समाज सेवि सराज हुसेन, लगायतका व्यक्तिहरुको उपस्थिति रहेको सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सुनिल साहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया