यूएईबाट १५७ नेपाली बोकेर जहाज काठमाडौंका लागि उड्यो
२३ जेष्ठ २०७७, शुक्रबार १७:२६
यूएई । कोरोनाको कारण यूएईमा समस्यामा परेका एक सय ५७ नेपालीलाई लिएर जहाज उडेको छ ।
समस्यामा परेका एकसय ५७ जना नेपाली एअर अरबियाको उडान नम्बर जी नाइन १७५१ मार्फत नेपाल उडेका हुन् । जहाजमा इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना र ११ जना अन्य नेपालीसहित एकसय ५७ जना छन् ।
नेपाल नागरिक उड्डयनका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने यूएईबाट १६८ जना यात्रु तथा एक शवसहित जहाज आउँदै गरेको बताए । जहाज साँझ ६ बजेर १० मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया